Logo

बिजनेस होम

ग्रोथ सेलर्सको भ्रातृ संस्था कर्पोरेट क्लबले दुई भिन्न विधामा अवार्ड दिने


GDP Nepal
   ७ पुस २०७९, बिहिबार


काठमाडौं । ग्रोथ सेलर्सको भ्रातृ संस्था कर्पोरेट क्लबले यस वर्ष पनि दुई भिन्न विधामा व्यक्ति तथा संस्थालाई अवार्ड दिने भएको छ ।

कर्पोरेट क्लब नेपालले ‘द अवार्ड्स फर कर्पोरेट एक्सिलेन्स’ र समाजलाई प्रेरणादायक सेवा दिनेलाई प्रोत्साहन गर्न ‘द अवार्ड्स फर डिस्टिङगुइस्ट सर्भिस’ को दोस्रो संस्करण आयोजना गर्ने भएको हो ।

कर्पोरेट क्षेत्रका गतिविधि र प्रक्रियाहरुलाई प्रोत्साहन गर्न यो अवार्ड गर्न लागिएको ग्रोथ सेलर्सका अध्यक्ष मोहन ओझाले जानकारी दिए ।

कम्पनीले कर्पोरेटको विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्ति तथा संस्थाहरुलाई सम्मानित गर्ने छ ।

यस्तै, समाजलाई निःस्वार्थ भावनाका साथ सेवा प्रदान गर्ने व्यक्ति तथा संस्थाहरुलाई सम्मानित गरिने छ । यी अवार्डहरु आयोजना गर्नुको उद्देश्य नीति, कार्यक्रम र कार्यदक्षताको पहिचान गर्नु रहेको ओझाको भनाइ छ ।

“कुनै पनि प्रकारका अवार्ड कार्यक्रम संस्थाहरुको कार्यक्षमता अनुमोदन गर्न र सम्मान गरिने व्यक्ति तथा संस्थाहरुलाई अझै राम्रो गर्नको लागि प्रोत्साहन गर्नका लागि नै गरिन्छ,” बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ओझाले भने, “यो विश्वास र उद्देश्यका साथ कर्पोरेट क्लब नेपालले विगत लामो समयदेखि यो कार्यक्रमको योजनामा काम गरिरहेको थियो र यसपाली दोस्रो संस्करण आयोजना गर्न लागिएको हो ।”

आयोजकका अनुसार यो कार्यक्रम पुस १४ गते सोल्टीमा हुने छ । कार्यक्रमका लागि पाँच महिना अगाडिदेखि नै नेपाली समाजका बौद्धिक तथा विभिन्न निजी सरकारी र शैक्षिक क्षेत्रमा रही समाजलाई योगदान गरेका सात जनाको निर्णायक मण्डल गठन गरिएको थियो ।

निर्णायक मण्डलका पटक पटक बसिएका बैठकहरुले अवार्डको क्षेत्र निर्धारण गरेको छ । विभिन्न विधाहरु परिभाषित गर्नुका साथै भएकोलाई परिष्कृत गर्दै इन्ष्टिच्युसनल एक्सिलेन्स क्याटोगोरीमा १६ ओटा, इन्डिभिजुअल एक्सिलेन्स क्याटोगोरीमा दुई वटा, इन्ष्टिच्युसनल डिस्टिङस्ट क्याटोगोरीमा २ ओटा, इन्ष्टिच्युसनल डिस्टिङस्ट क्याटोगोरीमा एउटा र इन्ष्टिच्युसनल बिल्डलरमा एउटा गरी जम्मा २२ ओटा विधामा अवार्ड प्रदान गरिँदै छ ।

अवार्डको लागि विभिन्न व्यक्ति तथा संस्थाहरुको जानकारी संकलनका लागि छुट्टै रिसर्च कम्पनीलाई आउटसोर्स गरिएको थियो जसले सिधै निर्णायक मण्डल लाई तथ्यांक उपलब्ध गराउने काम गरेको थियो ।

त्यसपछि रिसर्च कम्पनीबाट प्राप्त सूचनाका आधारमा निर्णायक मण्डलद्वारा तयार पारिएको रेटिङ स्केलमा सबै निर्णायक मण्डलले गरेका नम्बरिङको आधारमा बिजेता छानिने जनाइएको छ ।

“यस अवार्डले प्रोत्साहन गर्नका निम्ति गर्ने सम्मानले व्यक्ति तथा संस्थालाई भावी दिनहरुमा पनि यस्तै अनुशरण गरी आउने पुस्तालाई प्रेरित गर्ने, इमान्दार र कर्मठ भई काम गरेर राष्ट्रको व्यावसायिक, संस्थागत र सामाजिक पूंजीलाई समृद्ध गर्ने विश्वास लिएका छौं,” उनले भने ।

प्रकाशित : ७ पुस २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह