Logo

बिजनेस होम

भाट-भटेनीमा नेपाल पे क्युआरबाट भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक


GDP नेपाल
   १० पुस २०७९, आइतबार


भाट–भटेनी सुपरमार्केटका ग्राहकहरुले अब नेपालपे क्युआरस्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत (अधिकतम रु १०० सम्मको) क्यासब्याक प्राप्त गर्न सक्ने भएका छन् । क्यासब्याकको अफर नेपालभरीका भाटभटेनीका शाखाहरुमा पुस १० देखि माघ १० गतेसम्म उपलब्ध हुनेछ ।

डाइनामिक क्युआर को रुपमा हालै उक्त डिपार्ट्मेन्ट स्टोरमा जडान भएको नेपालपे क्युआर ग्राहकले आफ्नो मोबाइल बैंकिङ्ग वा वालेट अथवा कनेक्ट आइपिएस मोबाइल एपबाट सजिलै स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् । भाटभटेनीमा यसको सेवा माछापुच्छ्रे बैंक, हिमालयन बैंक तथा मोको फोकसवान् सोलुसन्स्को सहकार्यमा सुचारु गरिएको हो । देशको सबै भन्दा ठूलो रिटेल स्टोरमा लागू गरिएको उक्त अफर मार्फत नगद रहित भुक्तानीलाई थप प्रोत्साहन हुने विश्वास गरिएको छ ।

प्रकाशित : १० पुस २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह