Logo

मुख्य समाचार

विदेशबाट ल्याएका मोबाइल नचल्ने नियम लागू नगर्न प्रधानमन्त्रीको निर्देशन


GDP नेपाल
   १५ पुस २०७९, शुक्रबार


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू नगर्न निर्देशन दिएका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणको निर्णय अनुसार शुक्रबारदेखि एमडीएमएसमा दर्ता नभएका मोबाइल नचल्ने नियम लागू गर्ने भनिएपनि दाहालले तत्काललाई सो नियम लागू नगर्न निर्देशन दिएका हुन् ।

प्राधिकरणले यस अघि नै सूचना जारी गर्दै दर्ता नगरिएका मोबाइल पुस १५ देखि नचल्ने बताएको थियो।

यस्तै, गैरआवासीय नेपालीले भने प्राधिकरणको सो निर्णयको विरोध गर्दै आइरहेको थियो । प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले वर्षौँ विदेशमा पसिना बगाएर परिवारलाई उपहारको फोन र ल्यापटप ल्याउँदा भन्सार अनिवार्य गर्ने सरकारको निर्णय खारेज गर्न माग गरेको थियो ।

कमिटीले एक विज्ञप्ति जारी गर्दै भनेको छ “विदेशमा वर्षौँसम्म रगत, पसिना बगाएर आफ्नो जहान परिवारलाई एउटा मोबाइल र छोराछोरीका लागि एउटा ल्यापटप ल्याउँदा पनि भन्सार लिनु भनेको प्रवासी श्रमजीवी नेपालीमाथिको निर्मम शोषण हो । लाखौँ प्रवासी नेपालीको विप्रेषणले देशको मुख्य अर्थतन्त्र धानेको विषय सरकारलाई अवगत नै छ ।”

 

प्रकाशित : १५ पुस २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह