Logo

बिजनेस होम

‘ट्रिटन टक– सिजन १’ सम्पन्न


GDP Nepal
   १६ पुस २०७९, शनिबार


काठमाडौं । काठमाडौंको तिनकुनेस्थित ट्रिटन इन्टरनेशनल मा. वि./कलेजमा विद्यार्थीहरुकै सहभागीतामा “ट्रिटन टक – सिजन १” सम्पन्न गरिएको छ ।

विद्यार्थीहरुको विषय वस्तुको दायरा फराकिलोे बनाउने उद्देश्यले ट्रिटन टक – सिजन १ कार्यक्रम आयोजना गरिएको हो ।

विद्यालयमा अध्ययनरत कक्षा ११, १२ तहका विद्यार्थीहरुलाई कक्षा कोठाको पठन पाठनको सैद्धान्तिक ज्ञानलाई व्यक्ति विकाशमा देखाउने उद्धेश्यले यो कार्यक्रम गरिएको विद्यालयका ट्रिटन टक – सिजन १ कार्यक्रम व्यवस्थापक कमान सिंह आर. सि.ले बताए ।

विभिन्न विषय वस्तु समेति ११ वटा शिर्षकमा उक्त कार्यक्रममा विद्यार्थीहरुले आ–आफ्नो धारणा राखेका थिए । उक्त कार्यक्रममा हरेक शिर्षकमा एक जना प्रश्तोता र अर्का एक जना विषय विज्ञका रुपमा प्रस्तुत भएका थिए ।

कार्यक्रमलाई व्यवहारिक र क्षमता वृद्धि प्रदान गर्नका लागि विभिन्न विद्यार्थी, शिक्षक शिक्षिकाबाट पनि जिज्ञाशा राखि विज्ञ मार्पmत भनाईहरु राखिएको थियो ।

ट्रिटन टक – सिजन १ मा साच्चिकै विभिन्न व्यवसायिक प्रस्तुतीमा हुने सबै प्रक्रिया पुरा गरिएको महसुस विद्यालयका प्रचार्य स. प्रा. मदन शाक्यले बताए ।

यस्ता कार्यक्रमहरुले विद्यार्थीहरुको सिकाईमा प्रभावकारी हुने, यस्ता कार्यक्रममा विद्यार्थीहरुको सहभागिताले तार्किक क्षमता बढ्ने तथा अन्य विद्यार्थीहरुलाई हौसला मिल्ने उनको भनाई छ ।

प्रकाशित : १६ पुस २०७९, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह