Logo

मुख्य समाचार

कार्यालयको भाडा नतिरेपछि ट्वीटरविरुद्ध घरधनीले हाले मुद्दा


GDP नेपाल
   १८ पुस २०७९, सोमबार


सान फ्रान्सिस्को राज्य अदालतमा ट्वीटरविरुद्ध मुद्दा दर्ता भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ट्विटरले सान फ्रान्सिस्कोस्थित आफ्नो कार्यालयको भाडा नतिरेपछि घरधनीले अदालतमा मुद्दा दर्ता गराएका हुन् ।

ट्वीटरले एक लाख ३६ हजार २५० डलर (एक करोड ७९ लाख नेपाली रुपैयाँ ) घर भाडा तिर्न बाँकी रहेको घरधनीले बताएका छन् । मुद्दा दर्ता गर्नुपूर्व ट्वीटरलाई डिसेम्बर १६ मा ती घरधनीले पाँच दिन भित्रमा घरभाडा तीर्न अल्टिमेटम समेत दिएका थिए ।सो समय बितिसक्दा पनि घरभाडा चुक्ता नभएपछि ट्वीटरविरुद्ध मुद्दा परेको बताइएको छ ।

ट्विटरको सो कार्यालय फ्रान्सिस्कोको फाइनान्सियल डिस्ट्रिक्टको छेउमा रहेको हार्टफोर्ड बिल्डिङको ३० औं तल्लामा रहेको छ । ट्वीटरले सन् २०१७ मा सात वर्षका लागि सो फ्ल्याटकाे सम्झौता गरेको थियो ।

प्रकाशित : १८ पुस २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह