Logo

बैंक / बिमा /शेयर

ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूले पुस २५ बाट एकीकृत कारोबार सुरु गर्ने


GDP नेपाल
   २१ पुस २०७९, बिहिबार


ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूले पुस २५ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन् ।

एकीकृत कारोबारका लागि दुवै बैंकलाई नेपाल राष्ट्र बैंकले पुस १७ र कम्पनी रजिष्ट्रार कार्यालयले पुस १९ गते अन्तिम स्वीकृति प्रदान गरिसकेको छ। ग्लोबल आइएमई बैंकको नामबाट दुवै बैंकको एकीकृत कारोबार सुरु हुनेछ ।

दुवै बैंकबीच मर्जर प्रयोजनका लागि गत असार २ गते प्रारम्भिक सहमति तथा कात्तिक २८ गते अन्तिम सम्झौतामा हस्ताक्षर भएको थियो । दुवै बैंक १ः१ अर्थात बराबरी हैसियतमा मर्जमा जाने सम्झौता गरेका थिए ।

हाल ग्लोबल आइएमई बैंकको चुक्ता पुँजी २३ अर्ब ७९ करोड रुपैयाँ छ भने बीओकेको १० अर्ब ६२ करोड रुपैयाँ छ । मर्जपछि बैंकको चुक्ता पुँजी ३४ अर्ब ४१ करोड रुपैयाँ पुग्नेछ ।

प्रकाशित : २१ पुस २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह