लक्ष्मी बैंक र सनराइज बैंक मर्जरमा जाने भएका छन् ।
यी दुई बैँकबीच आज मर्जरको प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको छ । मर्जरसम्बन्धी सम्झौतापत्रमा लक्ष्मी बैंकको तर्फबाट सञ्चालक समितिका अध्यक्ष रमण नेपाल र सनराइज बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष मोतिलाल दुगडले हस्ताक्षर गरेका छन्। दुई बैंकबीच १ः१ को सेयर आदनप्रदान अनुपात (स्वाप रेसियो) मा मर्जर सम्झौता भएको छ ।
मर्जरपछि बैंकको नाम लक्ष्मी सनराइज हुने भएको छ । असोज मसान्तमा लक्ष्मी बैंकको चुक्तापूँजी ११ अर्ब ५५ करोड रुपैयाँ रहेको छ भने सनराइज बैंकको १० अर्ब ११ करोड रुपैयाँ रहेको छ । लक्ष्मी बैंकको जगेडा कोषमा ४ अर्ब ५५ करोड छ । यस्तै, सनराइजको ६ अर्ब ६९ करोड रुपैयाँ छ।
प्रतिक्रिया