कृषि विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । पुस २६ गते बसेको बैंक सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी २ प्रतिशत बोनस सेयर र कर समेत गरी ११ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
यस्तै, कृषिले नेपाल सरकारको अग्राधिकार सेयरमा पनि ६ प्रतिशत नगद लाभांश दिने जनाएको छ । प्रस्तावित लाभांश राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।
प्रतिक्रिया