प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकको एकीकृत कारोबार सुरु भएको छ । दुई बैंकबीच मर्जर सम्पन्न भएसँगै आजदेखि प्रभु बैंक लिमिटेडको नाममा एकीकृत कारोबार सुरु भएको हो ।
बैंकका अध्यक्ष लीलाप्रकाश सिटौलाको अध्यक्षतामा आयोजित कार्यक्रमकाबीच प्रतिनिधि सभा सदस्य देविप्रकाश भट्टचनले एकीकृत कारोबार शुभारम्भ गरेका हुन् । कार्यक्रममा बैंकका सीईओ अशोक शेरचनले बैंकिङ इतिहासमा नयाँ अध्याय थपिएको बताउँदै अब बैंकलाई नयाँ उचाइमा पुर्याउने जनाए ।
दुई बैंकबीच एकीकृत कारोबार सुरु भएसँगै बैंकको कूल सम्पत्ति ३ खर्ब ४० अर्ब, चुक्ता पूँजी २३ अर्ब, कूल निक्षेप २ खर्ब ८४ अर्ब र कूल ऋण लगानी २ खर्ब ५३ अर्ब पुगेको छ । यस्तै, शाखा सञ्जाल ३६५, एटीएम सञ्जाल ३०९, एक्सटेन्सन काउन्टर ७२ र ग्राहक संख्या ३० लाख बढी भएका छन् ।
प्रभु र सेञ्चुरी १ः१ को शेयर स्वाप रेसियोमा मर्ज भएका हुन । नयाँ बनेको प्रभु बैंककै सीईओ अशोक शेरचन रहने छन् भने सेञ्चुरी बैंकका सीईओ मनोज न्यौपाने वरिष्ठ डेपुटी सीईओ भएका छन् ।
प्रतिक्रिया