आजदेखि नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको एकीकृत कारोबार सुरु भएको छ ।
मर्जपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नामबाट कारोबार सुरु भएको हाे । दुवै बैंकलाई एकीकृत कारोबारका लागि नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रार कार्यालयले अन्तिम स्वीकृति दिइसकेको छ ।
यी दुई बैंकबीच मंसिर १३ गते मर्जरका लागि अन्तिम सम्झौता भएको थियो । दुवै बैंक १००ः९० अनुपातमा मर्ज भएका हुन् । मेगा बैंकको १०० कित्ता सेयर हुने सेयरधनीले नेपाल इन्भेष्टमेन्ट बैंकको ९० कित्ता सेयर पाउनेछन् ।
मर्जर पश्चात बैंकको कुल सम्पत्ति ४ खर्ब ७१ अर्ब, कुल पुँजी ५८ अर्ब, कुल निक्षेप ३ खर्ब ६० अर्ब, कुल कर्जा ३ खर्ब २९ अर्ब रहेको छ ।
यस्तै, एकीकृत कारोबारपश्चात बैंकको २९६ वटा शाखा रहेका छन् भने एक्सटेन्सन काउन्टर ५९ वटा रहेका छन् । त्यस्तै, २७९ वटा एटीएमबाट बैंकले ३० लाख ग्राहकलाई सेवा दिने छ ।
प्रतिक्रिया