Logo

बैंक / बिमा /शेयर

नेपाल बैंकर्स संघको अध्यक्षमा केसी निर्वाचित


GDP नेपाल
   २८ पुस २०७९, बिहिबार


नेपाल बैंकर्स संघको अध्यक्षमा सुनिल केसी निर्वाचित भएका छन् । संघका अध्यक्ष अनिलकुमार उपाध्यायको कार्यकाल समाप्त भएपछि सो पदमा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत केसी निर्विरोध निर्वाचित भएका हुन् ।

यस्तै, संघको उपाध्यक्षमा माछापुछ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला निर्वाचित भएका छन् भने कार्यकारिणी समितिमा निवर्तमान अध्यक्षको हैसियतमा नविल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना, लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाह, नेपाल एसबिआई बैंकका प्रमुख कार्यकारी अधिकृत दीपककुमार देव सदस्य रहेका छन् ।

त्यस्तै, नेपाल बैंकका कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी, एनआईसी एसिया बैंक रोशनकुमार न्यौपाने, एभरेष्ट बैंकका सुदेश खालिङ, सनराइज बैंकका सुमन शर्मा पनि कार्यकारी सदस्य चयन भएका छन् । सल्लाहकारमा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर जबरा रहेका छन् ।

प्रकाशित : २८ पुस २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह