आइतबार तीन इन्स्योरेन्स कम्पनीबीच मर्जर सम्झौता सम्पन्न भएको छ ।
राजधानीस्थित अलफ्ट होटलमा भएको एक कार्य्रमकाबीच प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्सबीच मर्जर सम्झौता सम्पन्न भएको हो ।
मर्जरपश्चात हिमालयन लाइफ इन्स्योरेन्सको नाममा कारोबार सुरु हुने भएको छ । तीन वटै कम्पनी १.१.१ को स्वाप रेसियोमा मर्जर भएका छन् । कम्पनीको अध्यक्षमा युनियन लाइफका सुलभ अग्रवाल रहने छन् भने सीईओ पनि युनियन लाइफका वर्तमान सीईओ मनोजकुमारलाल कर्ण रहने भएका छन् । यस्तै, गुराँस लाइफ र प्राइम लाइफका सीईओ डेपुटी सीईओको रुपमा रहनेछन् ।
मर्जर पश्चात नयाँ बन्ने कम्पनीको पुँजी सात अर्ब ६९ करोड हुनेछ ।










प्रतिक्रिया