Logo

बैंक / बिमा /शेयर

सानिमा मिडिल तमोरको आईपीओ बिक्रि खुला


GDP नेपाल
   ४ माघ २०७९, बुधबार


सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओ बिक्रि खुला भएको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र विदेशमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि ३३ लाख ३२ हजार ५०० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ४ लाख ९९ हजार ८७५ कित्ता आईपीओ बिक्री खुला गरेको छ ।

स्थानीयहरुको लागि जारी गरेको आइपिओमा आयोजनाबाट अतिप्रभावित क्षेत्र फुङलिङ नगरपालिका वडा नं. १, २, ९ र १०, फत्ताङलुङ गाउँपालिका वडा नं.१ तथा मिवाखोला गाउँपालिका वडा नं.१ र २, मेरिङदेन गाउँपालिका वडा नं. २ र ३, आठराई त्रिवेणी गाउँपालिका वडा नं. ५ तथा मैवाखोला गाउँपालिका वडा नं. १ मा बसोबास गर्ने नेपाली नागरिकलाई ४० प्रतिशत अर्थात १३ लाख ३३ हजार कित्ता र आयोजना प्रभावित क्षेत्र ताप्लेजुङ जिल्लाका बासिन्दाहरुका लागि ६० प्रतिशतले हुन आउने १९ लाख ९९ हजार ५०० कित्ता आईपीओ जारी गरिएको छ।

आवेदकले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेकाले माघ १८ गतेसम्म आवेदन दिन सक्नेछन् भने स्थानीयले माघ १८ सम्म आवेदन दिन पाउनेछन् । आईपीओ बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गर्नेछ।

प्रकाशित : ४ माघ २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह