Logo

बैंक / बिमा /शेयर

राष्ट्र बैंकको कारवाहीमा परे ६ विकास बैंक र ४ फाइनान्स कम्पनी


GDP नेपाल
   ४ माघ २०७९, बुधबार


नेपाल राष्ट्र बैंकले ६ वटा विकास बैंक र ४ वटा फाइनान्स कम्पनीलाई कारवाही गरेको छ ।

तोके बमोजिम अनिवार्य नगद मौज्दात, विपन्न कर्जा परिचालन र कर्जा निक्षेप अनुपात कायम गर्न नसकेपछि राष्ट्र बैंकले विकास बैंकसहित फाइनान्स कम्पनीलाई कारवाही गर्दै जरिवाना तिराएको हो ।

तोकिएको कर्जा निक्षेप अनुपात कायम नगर्दा कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नारायणी डेभलपमेन्ट र सप्तकोसी विकास बैंक जरिवानामा परेका छन् ।

त्यस्तै, अनिवार्य मौज्दात अनुपात कायम नगर्दा सालपा विकास बैंक र कर्णाली विकास बैंक कारबाहीमा परेका छन् भने विपन्न वर्गको कर्जामा मापदण्ड पूरा नगरेका कारण कर्णाली विकास बैंकले थप जरिवाना तिर्नुपर्ने भएको छ ।

यता, कर्जा निक्षेप अनुपात कायम नगरेका कारण जानकी फाइनान्स, समृद्धि फाइनान्स र नेपाल फाइनान्स जरिवानामा परेका छन् । यस्तै, अनिवार्य नगद मौज्दात कायम नगर्दा प्रोग्रेसिभ फाइनान्स पनि राष्ट्र बैंकको कारवाहीमा परेको छ ।

प्रकाशित : ४ माघ २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह