Logo

अर्थनीति

व्यवसायीलाई डा. खतिवडाको प्रश्नः चालू पुँजी भनेर कर्जा लिने अनि स्थिर पुँजीमा लगानी गर्ने ?


GDP Nepal
   ४ माघ २०७९, बुधबार


काठमाडौं । पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले चालू पुँजी कर्जासम्बन्धी निर्देशिका फिर्ताको माग गर्ने उद्योगी व्यवसायीहरुले कर्जा दुरुपयोग गरेकै कारण नेपाल राष्ट्र बैंकले निर्देशिका ल्याउनु परेको बताएका छन् ।

“चालू पुँजीका लागि भनेर कर्जा लिने अनि स्थिर पुँजीमा लगानी गर्ने ?” नेपाल चेम्बर अफ कमर्सले बुधबार राजधानीमा गरेको अन्तक्र्रियामा पूर्वमन्त्री खतिवडाले भने, “व्यवसायीलाई साँच्चै समस्या पर्दा भने विगतदेखि नै कर्जा पुनर्संरचना गरिँदै आएको छ र फेरि पनि गर्नु पर्छ ।”

व्यवसायीले चालू पुँजीका लागि लिएको कर्जा घरजग्गामा लगानी गरेको र सो क्षेत्रमा कारोबार ठप्प हुँदा समस्या आएको उनको भनाइ छ । यद्यपि घरजग्गा व्यवसायलाई एकैपटक नियन्त्रण गर्नुभन्दा क्रमशः गरिनुपर्ने उनको भनाइ छ ।

हाउजिङ क्षेत्रलाई कर्जा खुकुलो बनाइँदा त्यसको सकारात्मक प्रभाव निर्माण सामग्री उद्योगलाई पनि पर्ने र अर्थतन्त्र चलायमान हुने उनको भनाइ छ ।

प्रकाशित : ४ माघ २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह