चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा आरएसडीसी लघुवित्तको खुद नाफा ६२.३४ प्रतिशतले बढेको छ ।
कम्पनीले सो अवधिमा ७ करोड ९४ लाख १४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको यसैअवधिमा कम्पनीले ४ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवैमा सुधार भएपछि खुद नाफा बढेको हो ।
खुद ब्याज आम्दानी ५६.३४ प्रतिशत र सञ्चालन नाफा ६२.८९ प्रतिशतले बढेको छ । पुस मसान्तसम्म आइपुग्दा यस कम्पनीको वितरणयोग्य नाफा पनि ७५.२१ प्रतिशत ले बढेर ६ करोड ५८ लाख रुपैयाँ पुगेको छ । यसको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ७३ पैसा र प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ ४५ पैसा रहेको छ ।










प्रतिक्रिया