काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से ४.९० अंकले बढेर दुई हजार ६३९.९१ विन्दुमा पुगेको छ ।
विकास बैंक ०.४१, हाइड्रोपावर ३४, निर्जीवन बीमा ८, अन्य १८ र व्यापार उपसमूह ३६ अंकले बढेको छ । त्यस्तै, आज बैंकिङ १, फाइनान्स ७, होटल तथा पर्यटन ३४, जीवन बीमा २२, उत्पादन २१ र माइक्रोफाइनान्स उपसमूह ९ अंकले घटेको छ ।
आज थ्री स्टार हाइड्रोपावरको सेयर सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज रसुवागढी हाइड्रोपावरको सेयर ६ प्रतिशत भन्दा धेरैले घटेको छ ।
यस दिन ३४९ कम्पनीको एक करोड ३६ लाख कित्ता सेयर ६ अर्ब ९९ करोडमा कारोबार भएको छ ।










प्रतिक्रिया