Logo

बैंक / बिमा /शेयर

सिन्धु विकास बैंकले डाक्यो साधारण सभा


GDP नेपाल
   ६ माघ २०७९, शुक्रबार


सिन्धु विकास बैंक लिमिटेडले साधारण सभा डाकेको छ । बैंक सञ्चालक समितिको बैठकले माघ २७ गते, होटल सारथी, धुलिखेल, काभ्रेपलाञ्चोकमा बिहान ९ बजे सभा डाकेको हो ।

सभामा बैंकले आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा(नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह लगायतका संलग्न अनुसूचीहरु समेतको स्वीकृत वित्तीय विवरणहरु स्वीकृत गर्ने, आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरू पारित गरिनेछ ।

त्यसैगरी, बैंकले साधारण सभा प्रयोजनका लागि माघ १६ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, माघ १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित : ६ माघ २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह