Logo

बैंक / बिमा /शेयर

दोस्रो त्रैमासमा वाणिज्य बैंकहरुले कमाए ३० अर्ब बढी नाफा, कुनको कति ?


GDP नेपाल
   ९ माघ २०७९, सोमबार


वाणिज्य बैंकहरुले अचालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेका छन् । वित्तिय विवरण अनुसार २० वटा वाणिज्य बैंकहरुले छ महिनामा ३० अर्ब १३ करोड बढी नाफा कमाएका छन् ।

गत वर्षको यसै अवधिको तुलनामा बैंकहरुको नाफा ११.८८ प्रतिशतले बढेको हो । यस अवधिमा प्रभु, सनराइज, सिटिजन्स, कृषि विकास, सिद्धार्थ, प्राइम कमर्सियल र नेपाल बैंकको नाफा घटेको छ भने अन्य बैंकको नाफामा वृद्ध भएको छ ।

विवरण अनुसार दोस्रो त्रैमासमा सबैभन्दा धेरै नबिल बैंकको नाफामा वृद्धि भएको छ । बैंकले पुस मसान्तसम्म ३ अर्ब ४१ करोड रुपैयाँ नाफा आर्जन गन सफल भएको छ । गत वर्षको यसै अवधिमा बैंकले २ अर्ब १८ करोड मुनाफा गरेको थियो ।

कृषि विकास बैंक भने १२ करोड ८९ लाख रुपैयाँ घाटामा छ। बैंकले गत वर्षको सोही अवधिमा १ अर्ब ४२ करोड रुपैयाँ मुनाफा गरेको थियो।

त्यस्तै, एनआईसी एसिया बैंकले ३ अर्ब २७ करोड रुपैयाँ नाफा कमाएको छ । गत वर्ष बैंकले २ अर्ब ४० करोड रुपैयाँ नाफा गरेको थियो।

यस्तै, गत वर्ष ५० करोड ४० लाख रुपैयाँ नाफा गरेको सिभिल बैंकले यस वर्ष ६३ करोड ७० लाख रुपैयाँ नाफा कमाएको छ ।

दोस्रो त्रैमासमा एभरेष्ट बैंकले १ अर्ब ५८ करोड रुपैयाँ नाफा गरेको छ। गत वर्ष सोही अवधिमा बैंकले ८३ करोड ८९ लाख रुपैयाँ नाफा गरेको थियो।

यता, ग्लोबल आइएमई बैंकले २ अर्ब ७८ करोड ११ लाख रुपैयाँ नाफा कमाएको छ भने राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ७१ करोड १८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

यस्तै, हिमालयन बैंकको पनि नाफा बढेको छ। गत वर्ष सोही अवधिमा ७४ करोड ३४ लाख नाफा कमाएको यस बैंकले यस वर्ष ९५ करोड ४७ लाख नाफा आर्जन गर्न सफल भएको छ ।

विवरण अनुसार लक्ष्मी बैंकको नाफा बढेर १ अर्ब ७ करोड रुपैयाँ पुगेको छ। गत वर्ष सोही अवधिमा बैंकले ८१ करोड ७३ लाख नाफा गरेको थियो।

त्यस्तै, माछापुच्छ्रे बैंकको नाफा पनि बढेर १ अर्ब २ करोड पुगेको छ। गत वर्ष सोही अवधिमा बैंकले १ अर्ब १ करोड रुपैयाँ नाफा गरेको थियो।

यस्तै, नेपाल एसबीआई बैंकले पनि उक्त अवधिमा नाफा बढाउन सफल भएको छ। पुस मसान्तसम्म चालू आवमा बैंकको नाफा १ अर्ब १७ करोड रुपैयाँ पुगेको छ। गत वर्ष सोही अवधिमा बैंकको नाफा ७८ करोड २७ लाख रुपैयाँ थियो।

एनएमबी बैंकको नाफा बढेर १ अर्ब ९० करोड रुपैयाँ पुगेको छ। गत वर्ष सोही अवधिमा बैंकले १ अर्ब ७१ करोड नाफा गरेको थियो।

सानिमा बैंकको नाफा बढेको छ। बैंकको नाफा बढेर १ अर्ब २८ करोड पुगेको छ। गत वर्ष सोही अवधिमा बैंकले १ अर्ब २ करोड नाफा गरेको थियो।

यता, स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा बढेको छ। बैंकको नाफा बढेर १ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ। गत वर्ष सोही अवधिमा बैंकले १ अर्ब ८ करोड नाफा गरेको थियो।

चालु आवको दोस्रो त्रैमासमा नेपाल बैंकको नाफा भने घटेको छ। गत वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा घटेर नाफा १ अर्ब १७ करोडमा सीमित भएको हो। गत वर्ष सोही अवधिमा बैंकले १ अर्ब ४१ करोड रुपैयाँ नाफा गरेको थियो।

दोस्रो त्रैमासमा प्रभु बैंकको नाफा भने घटेको छ। गत वर्ष सोही अवधिमा १ अर्ब २६ करोड रुपैयाँ नाफा गरेको बैंकले यस वर्ष १ अर्ब १९ करोडको नाफा आर्जन गरेको छ ।

त्यस्तै, प्राइम कमर्सियल बैंकको नाफा घटेर १ अर्ब ६५ करोड रुपैयाँमा सीमित भएको छ। गत वर्ष सोही अवधिमा बैंकले १ अर्ब ६७ करोड नाफा गरेको थियो।

यता, गत वर्ष सोही अवधिमा बैंकले १ अर्ब ५७ करोड रुपैयाँ नाफा गरेको सिद्धार्थ बैंकको नाफा घटेर १ अर्ब १६ करोडमा सीमित भएको छ।

यस्तै, सनराइज बैंकको नाफा पनि घटेको छ। बैंकका नाफा घटेर ६५ करोड ३९ लाखमा सीमित भएको छ। गत वर्ष सोही अवधिमा बैंकले ७४ लाख ५५ करोड नाफा गरेको थियो।

यस्तै, गत वर्ष १ अर्ब २३ करोड मुनाफा गरेको थियो सिटिजन्स बैंकले यस वर्ष ८४ करोड १३ लाख नाफा कमाएको छ ।

भर्खरै मर्जरमा सामेल भएका सेञ्चुरी बैंक, इन्भेष्टमेन्ट बैंक, एनसीसी बैंक, बैंक अफ काठमाण्डू र मेगा बैंकले भने दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छैनन्। 

प्रकाशित : ९ माघ २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह