Logo

कर्पोरेट-बजार

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाकै १ लाख ६ हजार तीन सय रुपैयाँ पुग्यो


GDP नेपाल
   १० माघ २०७९, मंगलबार


नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक हजार रुपैयाँले बढेर १ लाख ६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख ५ हजार ८०० रुपैयाँ कायम भएको छ ।

सोमबार छापावाल सुन तोलाको १ लाख ५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुन तोलाको १ लाख ४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो

महासंघका अनुसार आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घटेर १३ सय ६५ रुपैयाँमा किनबेच भइरहेको छ । सोमबार चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित : १० माघ २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह