Logo

अर्थनीति

क्यान इन्फोटेकको २८ औं संस्करण माघ २४ गतेदेखि, ९० प्रतिशत स्टल बुकिङ


GDP Nepal
   १२ माघ २०७९, बिहिबार


काठमाडौं । सूचना प्रविधिको महामेला क्यान इन्फोटेक यस वर्ष माघ २४ गतेदेखि काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी गृहमा हुने भएको छ । छ दिनसम्म सञ्चालन हुने क्यान इन्फोटेकको यो २८ औं संस्करण हो ।

इन्फोटेकका लागि हालसम्म ९० प्रतिशत स्टलहरु बुकिङ भइसकेको आयोजक क्यान महासंघका अध्यक्ष रञ्जीतकुमार पोद्दारले जानकारी दिए । उनका अनुसार सन् १९९५ देखि सुरु भएको क्यान इन्फोटेकमा सूचना प्रविधिसम्बन्धी प्रदर्शनी तथा अन्तरक्रिया लगायतका कार्यक्रहरु हुनेछन् ।

महासंघका महासचिव चिरञ्जीवी अधिकारीले बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा यस वर्षको क्यान इन्फोटेकले डिजिटल नेपाल अभियानलाई सहयोग पुर्याउने लक्ष्य लिइएको जानकारी दिए ।

इन्फोटेकको टाइटल स्पोन्सरमा इन्फो डेभलपर्स रहेको छ भने एशोसिएट स्पोन्सरमा स्मार्ट च्वाइस टेक्नोलोजी रहेको जनाइएको छ ।

इन्फोटेक प्रवेशका लागि सर्वसाधारणलाई रु. १०० तथा विद्यार्थीका लागि ५० रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

प्रकाशित : १२ माघ २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह