Logo

बैंक / बिमा /शेयर

शुभम् पावरकाे आइपीओ बिक्री खुला


GDP नेपाल
   १८ माघ २०७९, बुधबार


शुभम् पावर लिमिटेडले सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ ।

कम्पनीले ४ लाख ८१ हजार ८ सय ८२ कित्ता आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले आवेदन नदिएको सेयर थप गरि सर्वसाधारण लागि ५ लाख ८० हजार ५८० कित्ता सेयर छुट्याएको हो ।

जसमध्ये १० प्रतिशत अर्थात् ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ । ५ प्रतिशत अर्थात् २९ हजार ३० कित्ता सामुहिक लगानी कोष र २ प्रतिशत अर्थात् ११ हाजर ६१० कित्ता कर्मचारीहरुलाई छुट्याएको छ । बाँकी ४ लाख ८१ हजार ८ सय ८२ कित्ता सेयर सर्वसाधारणका लागि बिक्रि खुला भएको छ ।

इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्ताको लागि २२ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा फागुन ३ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गरेको छ ।

प्रकाशित : १८ माघ २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह