Logo

कर्पोरेट-बजार

महिन्द्राको एक्सयूभी ७०० को मूल्य ७४ लाखदेखि १ करोड १० लाख रुपैयाँसम्म


GDP Nepal
   १८ माघ २०७९, बुधबार


काठमाडौं । महिन्द्रा एण्ड महिन्द्राले आफ्नो फ्ल्यागशिप ग्लोबल एसयूभी– एक्सयूभी ७०० नेपालमा सार्वजनिक गरेको छ ।

एसयूभी– एक्सयूभी ७०० मूल्य ७४ लाखदेखि १ करोड १० लाख रुपैयाँसम्म तय गरिएको छ ।

एक्सयूभी ७०० नेपाली उपभोक्ताका लागि उपयुक्त भएकोमा महिन्द्रा विश्वस्त छ, यसभन्दा अघि कहिल्यै नभएको जस्तो सन्तुष्टि दिने अपेक्षा गरिएको छ !

एक्सयूभी ७०० नेपालको पहिलो महिन्द्रा एसयूभी बनेको छ, जुन नयाँ पहिचान – ट्विन पिक्स लोगोको साथ आएको छ । भारतबाहिर दक्षिण अफ्रिकापछि नेपाल दोस्रो बजार हो, जहाँ एक्सयूभी ७०० लन्च गरिएको छ ।

नेपालमा एक्सयूभी ७०० पाँच र सात सिट क्षमताको म्यानुअल र अटोमेटिक अप्सनसहितको पेट्रोल इन्जिनमा उपलब्ध हुनेछ ।

एक्सयूभी ७०० भारतको सबैभन्दा प्रतिष्ठित इन्डियन कार अफ द इयर अवार्ड २०२२ को विजेता, र कुल ३१ पुरस्कारहरू विजेता सबैभन्दा सम्मानित कार हो, जसमा २४ घण्टामा ४००० किलोमिटर दूरी तय गर्ने सहनशक्ति रेकर्ड ब्रेक पनि समावेश छ ।

एक्सयूभी ७०० भारतको सबैभन्दा अग्लो मोटरेबल सडक – उमलिंग ला यात्रा गर्ने पहिलो भारतीय एसयूभी बनेको छ ।

महिन्द्रा एक्सयूभी ७०० लाई सुरुवाती मूल्य ७४ लाखको आकर्षक मूल्यमा सार्वजनिक गरिएको छ । यो परिचयात्मक मूल्य फेब्रअरी २०२३ मा प्रारम्भिक डेलिभरी हुने गरि सार्वजनिक गरिएको मितिदेखि एक महिनाका लागि लागू हुने छ ।

एक्सयूभी ७०० ले नेपालको प्रिमियम एसयुभी सेगमेन्टमा नयाँ मानक स्थापित गरेको छ । एसयूभीमा १०.२५ इन्चको टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम र क्लस्टर, सिक्स वे पावर्ड ड्राइभर सिट र १२ सोनी स्पिकरसहितको क्लास लिडिङ म्युजिक सिस्टम प्रिमियम सुविधाहरू रहेको छ ।

महिन्द्राले ३० वर्ष भन्दा बढीको सम्बन्धलाई सुदृढ गर्दै अग्नि इन्कर्पोरेटेडमार्फत एक्सयूभी ७०० लन्च गरेको छ । महिन्द्राका लागि नेपाल ठूलो बजार हो, जसकोे ठूलो ग्राहक आधार छ ।

एक्सयूभी ७०० ट्विन पिक्स ब्राण्डको एसयूभी शोरुमबाट उपलब्ध गराइनेछ, जुन नेपाली ग्राहकलाई प्रिमियम अनुभव प्रदान गर्नकै लागि संरचित गरिएको छ । सुरुमा एक्सयूभी ७०० काठमाडौंका दुई ट्विन पिक ब्राण्डका शोरुमबाट उपलब्ध हुनेछ ।

प्रकाशित : १८ माघ २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह