Logo

बिजनेस होम

सामसुङ ग्यालेक्सी एस २३ सिरिजको प्रि-बुकिङ खुल्यो, मूल्य कति ?


GDP नेपाल
   २० माघ २०७९, शुक्रबार


सामसङले ग्यालेक्सी एस-२३ सिरिजअन्तर्गत एस २३ अल्ट्रा, एस २३ प्लस र एस २३ को प्रिबुकिङ खोलेको छ ।

सामसङका निर्देशक प्रणय रत्न स्थापितले इच्छुक ग्राहकले प्रिअर्डर अफर समेत छनोट गर्न सक्ने जनाए । ‘ग्यालेक्सी एस २३ आफ्नो हातमा पार्न इच्छुकले आजैदेखि प्रिअर्डर गर्न सक्नेछन् । साथै प्रिअर्डर अफरहरू पनि छनोट गर्न सक्नेछन् ’, उनले भने ‘प्रिअर्डर अफर फेब्रुअरी २२ सम्म वा स्टक रहँदासम्म मात्र मान्य हुनेछ ।’

कम्पनीका अनुसार एस २३ अल्ट्राको मूल्य १२/५१२ जीबीमा २ लाख ९ हजार ९९९ रुपैयाँ तोकिएको छ । त्यस्तै १२/ २५६ जीबीमा १ लाख ९१ हजार ९९९ रुपैयाँ तोकिएको छ । एस २३ प्लसको (८/२५६ जीबी) १ लाख ५१ हजार ९९९ रुपैयाँ र एस २३ (८/ २५६ जीबी)को मूल्य १ लाख २७ हजार ९९९ रुपैयाँ तोकिएको छ । फोन किस्ताबन्दीमा पनि किन्न सकिने सामसङ नेपालले जनाएको छ । मासिक ६ हजार ४ सय रुपैयाँबाट सुरु हुने किस्ताबन्दीमा शून्य प्रतिशत ब्याज रहेको कम्पनीको दाबी छ । कम्पनीका अनुसार फोनमा एक वर्षका लागि एक पटकको ब्रेकेज बीमा पनि रहेको छ ।

प्रकाशित : २० माघ २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह