Logo

बैंक / बिमा /शेयर

झिनो अंकले बढ्यो सेयर बजार, एक अर्ब ९३ करोडको कारोबार


GDP नेपाल
   २२ माघ २०७९, आइतबार


आइतबार सेयर बजार झिनो अंकले बढेको छ । सेयर बजार परिसूचक नेप्से १.५४ अंकले बढेर दुई हजार ९६.०८ विन्दुमा पुगेको छ ।

आज बैंकिङ १, विकास बैंक ११, फाइनान्स २७, होटल २३, जलविद्युत् ७ र उत्पादन उपसमूह ३६ अंकले बढेको छ । यस्तै, जीवन बीमा ५२, निर्जीवन बीमा ४०, व्यापार १७, अन्य ४ र माइक्रोफाइनान्स उपसमूह १५ अंकले घटेको छ ।

आज आदर्श लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि सबैभन्दा धेरै इस्टर्न हाइड्रोपावरको सेयर साढे पाँच प्रतिशतले घटेको छ ।

यसदिन २५८ कम्पनीका ५२ लाख कित्ता सेयर एक अर्ब ९३ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको छ करोड ४४ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित : २२ माघ २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह