Logo

बैंक / बिमा /शेयर

रिलायबल नेपाल लाइफद्वारा ५ लाख रुपैयाँ दावी भुक्तानी


GDP Nepal
   २३ माघ २०७९, सोमबार


काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ ।

कम्पनीको इटहरी शाखाले सुनसरी जिल्लाको बराहक्षेत्र न. पा. ५, रामझोडा निवासी स्वर्गीय कुमार कार्कीको घरमै गएर निजकी पत्नी गंगा पोखरेललाई ५ लाख ५३ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो ।

जीवन बीमा मृत्यु दावी हस्तान्तरण कार्यक्रममा रिलायबल नेपाल लाइफ, इटहरी शाखा प्रमुख चन्द्रमणी निरौलाले पीडितको सहजताकोलागि घरमै पुगेर रकम प्रदान गरिएको बताए ।

कार्यक्रममा इटहरी शाखाकी वरिष्ठ एजेन्सी मेनेजर तुल्सा कार्कीले जीवन बीमा जीवन रहँदा पनि जीवन नरहँदा पनि बीमित तथा आसृत परिवारको आर्थिक सुरक्षाको निमित्त अपरिहार्य रहेको बताइन् ।

बीमा दावी रकम बुझ्दै मृतककी पत्नी गंगा पोखरेलले रिलायबल नेपाल लाइफबाट झन्झटरहित तवरले दावी रकम पाएको र प्राप्त रकम छोराछोरीको भविष्य निर्माणमा लगानी गर्ने बताइन् ।

कार्यक्रममा मृतककी बहिनी सिता छेत्री, स्थानिय समाजसेवी अर्जुन भट्टराई, रिलायबल इटहरी शाखामा आवद्ध अभिकर्ता, एजेन्सी मेनेजर एवम् मृतकका नातेदारहरुको समेत उपस्थिती थियो ।

मृतक कार्कीको गत मंसिर २७ गते मृगौला तथा कलेजोमा भएको खराबीको कारणले मृत्यु भएको थियो ।

प्रकाशित : २३ माघ २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह