Logo

बैंक / बिमा /शेयर

राष्ट्र बैंकको कारवाहीमा परे ९ वाणिज्य बैंक


GDP नेपाल
   २५ माघ २०७९, बुधबार


नेपाल राष्ट्र बैंकले ९ वटा वाणिज्य बैंकलाई कारवाही गरेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नियय विपरित काम गरेका वाणिज्य बैंकहरुलाई बैंक सुपरीवेक्षण विभागलेले कारवाही गरेको हो ।

राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन र निर्देशन उल्लंघन गरेको भन्दै प्रभु बैंक, कुमारी बैंक, हाल ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकलाई ५० लाख रुपैयाँका दरले जरिवाना तिराएको हो ।

यस्तै, कर्जा लगानी गरेपश्चात प्रिमियम दर वृद्धि गरेको तथा डिस्काउन्ट प्रदान गरेको भन्दै माछापुच्छ्रे बैंक, हाल नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई राष्ट्र बैंकले सचेत गराएको छ ।

त्यस्तै, सानिमा बैंकले तत्कालिन प्रमुख कार्यकारी अधिकृतलाई थप सुविधा प्रदान गरेको देखिएपछि राष्ट्र बैंकले सचेत गराएको छ । नबिल बैंकले पनि ‘सम्पति शुद्धिकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारण सम्बनधी व्यवस्था’ मा रहेको ग्राहक पहिचान सम्बन्धी व्यवस्था कार्यान्वयन नगरेको भन्दै राष्ट्र बैंकले सचेत गराएकोे छ ।

प्रभु बैंकलाई कर्जा सूचना तथा कालो सूची सम्बन्धी व्यवस्था पालना नगरेको भन्दै राष्ट्र बैंकले सचेत पनि गराएको छ भने माछापुच्छ्रेले पुँजीकोष पर्याप्तताको यथार्थ विवरण पेश नगरेकोमा राष्ट्र बैंकले सचेत गराएको छ ।

प्रकाशित : २५ माघ २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह