Logo

मुख्य समाचार

९ प्रतिशतले बढ्यो नेपाल टेलिकमको खुद नाफा


GDP नेपाल
   २९ माघ २०७९, आइतबार


नेपाल टेलिकमले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले दोस्रो त्रैमाससम्ममा अर्ब २५ करोड ४७ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा ९.१६ प्रतिशतले वृद्धि भएको हो । गत वर्ष यसै अवधिमा कम्पनीले ३ अर्ब ८९ करोड ७८ लाख ७५ हजार रुपैयाँ नाफा कमाएको थियो ।

यस्तै, टेलिकमको सेवा व्यापार भने घटेको छ । गत वर्ष १९ अर्ब २० करोड ७२ लाख रुपैयाँ सेवा व्यापार गरेको टेलिकमले यस वर्ष १८ अर्ब ७ करोड ७३ लाख रुपैयाँमा मात्र आम्दानी गरेको छ । अन्य आम्दानी भने २ अर्ब ७८ करोड १९ लाख रुपैयाँबाट बढेर ४ अर्ब २ करोड ३७ लाख रुपैयाँ पुगेको छ ।

टेलिकमको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा ७४ अर्ब ३२ करोड ५९ लाख रुपैयाँ जम्मा छ । कम्पनीको प्रतिसेयर आम्दानी पनि ४३ रुपैयाँ ८६ पैसाबाट बढेर ४७ रुपैयाँ २८ पैसा पुगेको छ । यसको प्रतिसेयर नेटवर्थ ५१२ रुपैयाँ ९२ पैसा छ ।

प्रकाशित : २९ माघ २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह