Logo

बिजनेस होम

जयन्ती मेमोरियल ट्रस्ट र कार्डियक सोसाइटीबीच अनुसन्धान पुरस्कार स्थापनाको सहमति


GDP Nepal
   २९ माघ २०७९, आइतबार


काठमाडौं । जयन्ती मेमोरियल ट्रस्ट र कार्डियक सोसाइटी अफ नेपालबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

जयन्ती मेमोरियल ट्रस्टको लक्ष्य बमोजिम मुटु रोगको निराकरण एवम् अनुसन्धानमा सहयोग गर्दै जयन्ती मेमोरियल ट्रस्टले युवा अनुसन्धानकर्ताहरूलाई लक्षित गरी अनुसन्धान पुरस्कार स्थापना गर्दै प्रोत्साहन गर्ने व्यहोरा समझदारीपत्रमा उल्लेख छ ।

समझदारी अनुसार जयन्ती मेमोरियल ट्रस्टले १० लाख रुपैयाँ उत्तम सोधपत्रको लागि पुरस्कारको लागि उपलब्ध गराउनेछ ।

प्रतिष्ठानका तर्फबाट अध्यक्ष प्रा.डा. भगवान कोइराला र कार्डियक सोसाइटी अफ नेपालका तर्फबाट डा. विजोय राजवंशीले समझदारीपत्रमा हस्ताक्षर गरे ।

कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष श्रीमती सृजना मल्ल राणा, सदस्यहरु सजनी अमात्य, केश्या राज्यलक्ष्मी राणा, सचिव मदन प्रसाद रिमाल र सोसाइटीका तर्फबाट डा. रत्न मणि गजुरेल र मेरिना पोखरेलको उपस्थिति रहेको थियो ।

प्रकाशित : २९ माघ २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह