Logo

बैंक / बिमा /शेयर

एनएमबि लघुवित्तको खुद नाफा ९३ प्रतिशतले घट्यो


GDP नेपाल
   १ फाल्गुन २०७९, सोमबार


एनएमबि लघुवित्तको खुद नाफा घटेको छ ।

लघुवित्तले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासीक वित्तिइ विवरण अनुसार कम्पनीको नाफा ९३.०७ प्रतिशतले घटेको छ ।

गत वर्षको यसैअवधिमा ७ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको यस लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा भने ५० लाख ३२ हजार रुपैयाँ मात्रै आर्जन गर्न सफल भएको छ । यसअवधिमा सञ्चालन नाफा पनि ९३.३१ प्रतिशत ले घटेर ७७ लाख १७ हजार रुपैयाँमा आएको छ । खुद ब्याज आम्दानी २६.८७ प्रतिशतले घटेर १६ करोड ९३ लाख रुपैयाँ पुगेको छ ।

पुस मसान्तसम्म लघुवित्तको प्रतिसेयर आम्दानी १ रुपैयाँ ५३ पैसा र प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ १४ पैसा छ ।

प्रकाशित : १ फाल्गुन २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह