Logo

बिजनेस होम

हुण्डाईको विद्युतिय गाडी खरिद गर्दा बोस्चकाे वाशिङ्ग मेशिन उपहार


GDP नेपाल
   १ फाल्गुन २०७९, सोमबार


नेपालको लागि हुण्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकटिनेन्टल प्रालिले आफ्नो विद्युतिय गाडी Kona तथा Ioniq 5 को खरिदमा नयाँ अफर योजना सार्वजनिक गरेको छ ।

‘वान मोर रिजन टु गो इलेक्ट्रिक’ नारा सहितको यो योजना अन्तर्गत खरिदकर्ताले हुण्डाईको विद्युतिय गाडी Kona तथा Ioniq 5 को खरिदमा उत्कृष्ट जर्मन अन्तर्राष्ट्रिय ब्रान्ड Bosch को वाशिङ्ग मेशिन उपहार प्राप्त गर्न सक्नेछन् । अहिलेको आवश्यकता अनुरुप विद्युतिय गाडीहरुको प्रयोगमा वृद्धि ल्याउनुका साथै आफ्नो उत्कृष्ट उत्पादनहरुको प्रवर्धन गर्न यो योजना सार्वजनिक गरेको कम्पनीले जनाएको छ्र ।

यसतै, विद्युतिय गाडीहरूको प्रयोगलाई प्रोत्साहन गर्न यस कम्पनीले चार्जिङ्ग स्टेसनहरुको निर्माण समेत गरिरहेको छ ।

कम्पनीले देशभरका १७ डिलर र १९ सर्भिस सेन्टरहरू सहित ४० वटा चार्जिङ्ग स्टेशन मार्फत नेपालभरि नै सबै हुन्डाई गाडीहरूको सहज खरिद र सर्भिसिङ्गको सेवा दिँदै आएको छ ।

प्रकाशित : १ फाल्गुन २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह