मोलुङ हाइड्रोपावरले सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ ।
कम्पनीले आजदेखि २७ करोड २८ लाख ५० हजार रुपैयाँ बराबरको २७ लाख २८ हजार ५०० कित्ता आइपीओ जारी गरेको हो ।
सो सेयरमध्ये १० प्रतिशत अर्थात् २ लाख ७२ हजार ८५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरिसकेको छ । यस्तै, ५ प्रतिशत अर्थात् १ लाख ३६ हजार ४२५ कित्ता सामूहिक लगानी कोष, २ प्रतिशत अर्थात् ५४ हजार ५७० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ भने बाँकी २२ लाख ६४ हजार ६५५ कित्ता सर्वसाधारणका लागि खुला गरिएको हो ।
इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ८ हजार कित्ताका लागि फागुन १० गतेसम्म आवेदन दिन सक्नेछन् ।
यसको बिक्रि पबन्धकमा सनराइज क्यापिटल रहेको छ ।
प्रतिक्रिया