Logo

बैंक / बिमा /शेयर

सेयर बजार राताम्मे, १ अर्ब ६८ करोडको कारोबार


GDP नेपाल
   ४ फाल्गुन २०७९, बिहिबार


बिहिबार सेयर बजार राताम्मे भएको छ । सेयर बजार परिसूचक नेप्से २१.१५ अंकले घटेर दुई हजार ७०.४१ विन्दुमा पुगेको छ ।

आज जलविद्युत् ३७, निर्जीवन बीमा १२४, ब्यापार २, फाइनान्स २६, विकास बैंक ४४, बैंकिङ ८, होटल तथा पर्यटन ३९, माइक्रोफाइनान्स ५६, जीवन बीमा उपसमूह १४४, अन्य ३ र उत्पादन उपसमूह १०१ अंकले घटेको छ ।

आज यूनलिभर नेपालको सेयर झण्ढै ६ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज सानिमा लार्ज क्याप फन्डको सेयर साढे ७ प्रतिशत भन्दा धेरैले बढेको छ ।

यसदिन २५६ कम्पनीका ४७ लाख ४७ हजार कित्ता सेयर १ अर्ब ६८ करोड रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको पाँच करोड ३८ लाख र अपी पावर कम्पनीको पाँच करोड १३ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित : ४ फाल्गुन २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह