आगामी फागुन २५ गतेदेखि जजिरा एयरलायन्सले पुनः गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्ने भएको छ ।
खराब मौसमका कारण जजिराले विगत दुई महिनादेखि गौतमबुद्ध विमानस्थलबाट उडान रोकेको थियो । एयरलायन्सले पुरानै तालिका अनुसार सातामा तीन पटक मंगलबार, बिहीबार र शनिबार बिहान ८ बजेर ५ मिनेटमा उडान गर्ने भएको छ ।
गत जेठ २ गतेबाट गौतमबुद्ध विमानस्थलबाट जजिराले नियमित उडान सुरू गरेको थियो ।
प्रतिक्रिया