नेपाल राष्ट्र बैंकले ब्याजदरको बारेमा पूर्ण जानकारी लिएर मात्र बैंक तथ वित्तिय संस्थाबाट ऋण लिँन आग्रह गरेको छ ।
आज एक सूचना जारी गर्दै बैंकले ब्याज र आम्दानीमा तालमेल नभएमा कर्जा भुक्तानीमा समस्या आउँने जनाउँदै ऋण लिन अघि ब्याजदर बारेमा पूर्ण रुपमा जानकारी लिन आग्रह गरेको हो ।
“निश्चित आय भएका व्यक्तिले परिवर्तनशील ब्याजदरमा कर्जा उपयोग गर्दा आम्दानी र खर्चबीच सामञ्जस्यता हुन नसक्ने र कर्जा भुक्तानीमा समस्या हुने अवस्थालाई ध्यान दिई व्यक्तिगत कर्जाहरु स्थिर ब्याजदरमा उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ” सूचनामा उल्लेख छ ।
यस्तै, स्थिर ब्याजदरमा कर्जाको उपयोग गर्दा ब्याज रकम नबढ्ने र निर्धारित अवधिमै कर्जा भुक्तानी गर्न सकिने बैंकले जनाएको छ । जसले निश्चित आय भएका व्यक्तिको वित्तीय अवस्थामा नकारात्मक असर नपार्ने बैंकको भनाइ रहेको छ ।
“ब्याजदर निर्धारण र ब्याजदर परिवर्तन हुने सर्त बुझेर मात्र कर्जाको उपयोग गर्नुपर्दछ” बैंकले भनेको छ ।
प्रतिक्रिया