Logo

बैंक / बिमा /शेयर

एशियन हाइड्रोपावरको आइपिओ बाँडफाँट


GDP नेपाल
   १४ फाल्गुन २०७९, आइतबार


एशियन हाइड्रोपावरको आइपिओ बाँडफाँट भएको छ।

बिक्री प्रबन्धक एनएमबी क्यापिटलको कार्यालयमा गोलाप्रथामार्फत भएको बाँडफाँटमा ६९ हजार ७२० जनाले १० कित्ताका दरले सेयर पाएका छन् । आइपिओमा कुल १४ लाख ३२ हजार २२२ जनाको आवेदन परेको थियो । जसमध्ये ६ हजार ५०२ जनाको आवेदन रद्द भएको थियो ।

कम्पनीले माघ २७ गतेदेखि फागुन ३ गतेसम्म ६ लाख ९७ हजार २०० कित्ता आइपिओ बिक्री खुला गरेको हो। कम्पनीले जारी पुँजी ३४ करोड रुपैयाँको २४।७१ प्रतिशतले हुन आउने ८ करोड ४० लाख रपैयाँ बराबरको प्रतिसेयर १०० अंकित मूल्यका ८ लाख ४० हजार कित्ता साधारण सेयरमध्ये ८४ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिसकेको छ।

यस्तै, ४२ हजार कित्ता सेयर सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरेर कम्पनीका कर्मचारीहरूको लागि १६ हजार ८०० कित्ता सेयर सुरक्षित गरेर बाँकी रहेको ६ लाख ९७ हजार २०० कित्ता सेयर सर्वसाधारणलाई वितरण गरेको हो ।

प्रकाशित : १४ फाल्गुन २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह