Logo

बैंक / बिमा /शेयर

१५ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक


GDP नेपाल
   १५ फाल्गुन २०७९, सोमबार


नेपाल राष्ट्र बैंकले सोमबार १५ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ ।

केन्द्रीय बैंकले २८ दिने ९१ दिने र ३६४ दिने गरी तीन किसिममा ट्रेजरी बिल जारी गर्न लागेको हो । मंगलबार बिक्री हुने यस ट्रेजरी लिको आज दिउँसो ३ बजे बोलकबोल हुनेछ । बैंकले २८ दिनको लागि ५ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी चैत १४ गते परिपक्व हुनेछ ।

यस्तै, ९१ दिनको लागि ३ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी २०८० जेठ १६ गते परिपक्व हुनेछ । १ वर्षको लागि ७ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । यो ट्रेजरी २०८० फागुन १५ गते परिपक्व हुनेछ ।

इच्छुक खरिदकर्ता बैंक तथा वित्तीय संस्थाहरूले आज दिउँसो ३ बजेभित्र ट्रेजरी खरिदका लागि अनलाइन आवेदन दिन सक्नेछन् ।

प्रकाशित : १५ फाल्गुन २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह