नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुले १५ प्रतिशत भन्दा बढी ब्याज लिएमा वित्तिय ग्राहक संरक्षण इकाईलाई खबर गर्न आग्रह गरेको छ ।
मंगलबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले वित्तीय संस्थाहरुले प्रदान गर्ने ब्याजदर १५ प्रतिशत भन्दा बढी नहुने व्यवस्था गरिएकाले गुनासो भएमा इकाईमा खबर गर्न आग्रह गरेको हो ।
‘लघुवित्त वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको ब्याजदर १५ प्रतिशतभन्दा बढी नहुने व्यवस्था गरिएको छ, हाल कुनै पनि लघुवित्त वित्तीय संस्थाको ब्याजदर १५ प्रतिशतभन्दा बढी छैन, लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशतभन्दा बढी ब्याज लिएको भए वित्तीय ग्राहक संरक्षण इकाइमा गुनासो दर्ता गर्न सक्नुहुनेछ’ सूचनामा उल्लेख छ ।
प्रतिक्रिया