Logo

बैंक / बिमा /शेयर

रिलायबल नेपाल लाइफद्वारा सडक डिभाइडर सहयोग


GDP नेपाल
   १७ फाल्गुन २०७९, बुधबार


रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले ५० लाख भन्दा बढी बीमालेखहरु जारी गर्न सफल भएको छ । ‘जीवन बीमा जरुरी छ’ भन्ने मूल नाराका साथ स्थापना भएको सो कम्पनीले स्थापनाको छोटो समयमा नै नेपाली बीमा बजारमा ५० लाख भन्दा बढी बीमालेखहरु जारी गर्न सफल भएको हो ।

यसैक्रममा सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले मंगलबार सडक दुर्घटनाको जोखिम न्यूनीकरणका निमित्त जिल्ला प्रहरी परिसर ललितपुर लाई १२ थान सडक डिभाइडर सहयोग गरेको छ ।

उक्त हस्तान्तरण कार्यक्रममा जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख सिद्धि विक्रम शाहले दुर्घटनाको जोखिम न्यूनीकरण गर्न यसले धेरै सहयोग पुग्ने बताए । साथै कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक दिपेश बाबु तिवारीले कम्पनीले बेला बखत गर्ने संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सडक दुर्घटनाको जोखिम न्यूनीकरण गर्न सडक डिभाइडर सहयोग गर्न पाउँदा खुसी लागेका बताए ।

उनले आगामी दिनमा आवश्यक परेको खण्डमा सहयोगहरुका लागि निरन्तरता दिने बताए ।

प्रकाशित : १७ फाल्गुन २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
gdpnepal@gmail.com

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह