Logo

बिजनेस होम

नेपाली बजारमा हुन्डाईको नयाँ ग्रान्ड आइटेन नियोस


GDP नेपाल
   १८ फाल्गुन २०७९, बिहिबार


नेपालका लागि हुण्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ह्याचब्याग सेग्मेन्टमा नयाँ गाडी भित्र्याएको छ। कम्पनीले नेपाली बजारको लागि ‘ग्रान्ड आई१० निओस’को फेसलिफ्ट संस्करण सार्वजनिक गरेको हो।

कम्पनीका अनुसार हुण्डाई ग्रान्ड आई १० निओसको यसभन्दा अघिको मोडलले राम्रो प्रदर्शनी गरेको थियो। उक्त मोडलको माग रहेकै कारण नेपाली बजारमा यसको फेसलिफ्ट संस्करण सार्वजनिक गरिएको हो।

नयाँ ग्रान्ड आई१० नि‌ओस पहिलेको भन्दा थप परिस्कृत, आरामदायी र नविनतम फिचरले भरिपूर्ण छ। यसको आकर्षक डिजाइन, विशिष्ट बनावट र सुरक्षा लगायत अन्य विशेषताहरूले ग्राहकहरूलाई लोभ्याउनेमा कम्पनी सकारात्‍मक छ।

गाडीको पछिल्लो भागमा यो सेगमेन्टमै पहिलो पटक राखिएको विस्तारित एलइडी टेल लाइट जडित छ। यसमा भएको लाइट बारले नयाँ ग्रान्ड आई१० निओसलाई परिस्कृत देखाउँछ।

त्यस्तै ग्रान्ड आई१० निओसको अघिल्लो भागमा रहेको कालो रेडिएटर ग्रिल र एलइडी डे टाइम रनिङ लाइटले गाडीलाई अझ बढी स्टाइलिस र स्पोर्टियर बनाएको छ। साथै यसको १५ इन्चको डुअल टोन स्टाइल्ड स्टिल ह्विल, प्रोजेक्टर हेड ल्याम्प, सार्क फिन एन्टिना र रुफ रेलले ग्रान्ड आई१० निओसलाई आकर्षक बनाएको छ।

सुरक्षाको हिसाबले नयाँ ग्रान्ड आई१० निओस पहिलेभन्दा पनि बढी नवीनतम विशेषताले भरिपूर्ण छ।

बलियो र सुरक्षित एड्भान्स्ड हाइ स्ट्रेन्थ स्टिलद्वारा तयार गरिएको नयाँ ग्रान्ड आई१० निओसमा चालक तथा यात्रुको सुरक्षाको लागि ४ वटा एयरब्याग, टायर प्रेस मोनिटरिङ प्रविधि, अटोमेटिक हेडल्याम्प, विद्युतीय स्टेबिलिटी कन्ट्रोल, भेहिकल स्टेबिलिटी कन्ट्रोल, हिल(स्टार्ट असिस्ट कन्ट्रोल, रिअर पार्किङ क्यामेरा लगायतका विशेषताहरू छन्।

साथै यो फेसलिफ्ट मोडलमा स्पीड अलर्ट प्रविधि, बर्गलर अलार्म, रिअर डिफगर, इम्प्याक्ट सेन्सिङ अटो डोर अनलक, स्पीड सेन्सिङ अटो डोर लकका साथै इमर्जेन्सी स्टप सिंग्नल जस्ता सुविधा पनि पाउन सकिन्‍छ।

नयाँ ग्रान्ड आई१० निओसको डुअल टोन ग्रे इन्टेरिअर र सेमी फ्याब्रिक सिट दिइएको छ। साथै यसमा टिल्ट स्टेरिङ, कुल्ड ग्लोब बक्स, फुटवेल लाइटनिङ, ८ इन्चको इन्फोटेनमेन्ट प्रवित्ति, रिअर युएबी चार्जर पनि छन्।

नयाँ ग्रान्ड आई१० निओस १.२ लिटर पेट्रोल इन्जिन पावरमा उपलब्ध छ। गाडीमा १६५ एम ग्राउन्ड क्लेरेन्स पाउन सकिन्छ।

म्यानुअल ट्रान्समिसन विकल्पमा इरा, म्याग्ना र स्पोर्ट भेरियन्ट र अटोमेटेड म्यानुअल ट्रान्समिसनमा म्याग्ना र स्पोर्ट भेरियन्ट उपलब्ध हुने नयाँ ग्रान्ड आई१० निओसको प्रारम्भिक मूल्य २९ लाख ९६ हजार रुपैयाँ तोकिएको छ।

प्रकाशित : १८ फाल्गुन २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह