मोलुङ हाइड्रोपावरको आइपीओ बाँडफाँट भएको छ। गोलाप्रथामार्फत भएको बाँडफाँटमा दुई लाख २६ हजार चार सय ६५ जनाले १० कित्ताको दरले सेयर हात पारेका छन् । यसतै, पाँच जनाले भने ११ कित्ताको दरले सेयर पाएका छन् ।
ले से
कम्पनीले फागुन ४ गतेदेखि १० गतेसम्म सर्वसाधारणको लागि २२ लाख ६४ हजार पाँच सय ५५ कित्ता सेयर जारी गरेको थियो। जसमा १४ लाख १७ हजार आवेदकले एक करोड ५४ लाखभन्दा बढी कित्ताको माग गरेका थिए।
कुल २७ लाख २८ हजार पाँच सय कित्ता सेयर जारी गरेको कम्पनीले दुई लाख ७२ हजार आठ सय ५० कित्ता सेयर वैदेशीक रोजगारीमा रहेकाहरूको लागि र अन्य बाँकी सर्वसाधारण सहित आयोजनाका कर्मचारी, सामूहिक लगानी कोषको लागि छुट्याएको थियो। सेयर बाँडफाँट सँगै कम्पनीको चुक्ता पुँजी ८० करोड २५ लाख रूपैयाँ पुगेको छ।










प्रतिक्रिया