Logo

मुख्य समाचार

४० प्रतिशतले घट्यो ट्वीटरको आम्दानी


GDP नेपाल
   २१ फाल्गुन २०७९, आइतबार


सामाजिक सञ्जाल ट्वीटरको आम्दानीमा भारी गिरावट आएको छ । वाल स्ट्रिटको रिपोर्ट अनुसार गत डीसेम्बरमा ट्वीटरको आम्दानी ४० प्रतिशतले घटेको छ ।

अर्बपति एलन मस्कले ट्वीटर खरिद गरेसँगै धेरै विज्ञापनदाताहरूले यस सामाजिक सञ्जालमा विज्ञापन दिन छाडेका छन् । विज्ञापन अनुसन्धान फर्म-स्ट्यान्डर्ड मिडिया इन्डेक्सको तथ्यांक अनुसार डिसेम्बर महिनामा मात्रै ट्विटरको विज्ञापन खर्चमा ७१ प्रतिशतले गिरावट आएको थियो । यसले पनि ट्वीटरको आम्दानीमा असर गरेको हो ।

गत नोभेम्बरमा ट्‍वीटर अत्यन्त कठिन परिस्थितिमा रहेको बताएका मस्कले डिसेम्बरमा भने कम्पनीको आम्दानी-खर्च केही सुधारोन्मूख अवस्थामा आएको जानकारी दिएका थिए।

यसबीच ट्विटर खरिद गर्नका लागि बैंकबाट मोटो रकम निकालेका मस्कले जनवरीमा पहिलो पटक ब्याज भुक्तानी गरेका थिए ।

प्रकाशित : २१ फाल्गुन २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह