Logo

बिजनेस होम

अन्नपूर्ण केवलकारमा भारी छुट, चार सयमै दुईतर्फी यात्रा


GDP Nepal
   २४ फाल्गुन २०७९, बुधबार


पोखरा । पोखराको पर्यटन क्षेत्रमा नवीनता प्रदान गर्दै आएको अन्नपूर्ण केवलकारले होलीको अवसर पारेर सोमबारदेखि पोखरा वरिपरिको दृश्यावलोकन सहज बनाउँदै केवलकारमा भारी छुटको घोषणा गरेको छ ।

यो योजना होलीको दिनदेखि पोखरा घुम्ने नेपाली पर्यटकका लागि ल्याइएको केवलकारले जनाएको छ ।

पोखराको आन्तरिक पर्यटन प्रवद्र्धनका लागि कम्पनीले यस्तो व्यवस्था गरेको जनाएको छ ।

यसअघि कायम गरिएको दररेटमा ५० प्रतिशतसम्म छुट प्रदान गरिएको अन्नपूर्ण केवलकारका प्रशासन प्रमुख दामोदर तिमिल्सिनाले जनाएका छन् ।

कम्पनीका अनुसार बिहान ५ देखि साढे ७ बजेसम्म सराङकोटबाट सूर्योदय अवलोकनका लागि जान चाहने पर्यटकले दुईतर्फी भाडा ४ सयमात्रै तिरे पुग्छ । 


यसअघि सो समयमा ७ सय रुपैयाँ भाडा रहेको थियो । त्यसमा भारी छुट प्रदान गर्दै पर्यटकलाई सहजता प्रदान गर्न लागिएको कम्पनीले जनाएको छ ।

त्यसमा पनि अपांगता भएका व्यक्तिलाई लक्षित गर्दै दुईतर्फी भाडा ३५०मात्रै कायम गरिएको कम्पनीले जनाएको छ ।

त्यस्तै विद्यार्थी र बालबालिकालाई पनि छुट प्रदान गरिएको छ ।

विद्यार्थी र बालबालिकाका लागि बिहान ५ बजेदेखि साढे ७ बजेसम्म दुईतर्फी ४ सय र एकतर्फी यात्राका लागि २ सय रुपैयाँ शुल्क तय गरिएको छ । 

साढे ७ देखि ८ बजेसम्मको समय ‘ब्रेक’ राखिएको छ भने बिहान ८ बजेदेखि साढे १ बजेसम्मका लागि भने पहिलेकै भाडादर तय गरिएको छ । जसमा यो समयमा यात्रा गर्ने अपांगता, बालबालिका र विद्यार्थीबाहेकलाई दुईतर्फी भाडा ७ सयमात्रै कायम गरिएको छ ।

पर्यटकीय नगरी पोखराको सेदीबगरदेखि सराङकोटसम्म केवलकारमा यात्रा गर्न सकिन्छ । केवलकारले सूर्योदर्शन सेवा तथा सूर्यास्तको अवलोकनका लागि यो सेवा प्रदान गरिएको जनाएको छ ।

रमणीय दृश्यावलोकनका साथै अन्नपूर्णसहित विभिन्न हिमाललाई यो क्षेत्रबाट नजिकबाट नियाल्न सकिन्छ ।

केवलकार कम्पनीले साँझको समयमा पनि छुटको व्यवस्था गरेको जनाएको छ ।

बिहानी सेवाजस्तै दिउँसो २ बजेदेखि ६ बजेसम्म यो सेवा प्रदान गर्न लागिएको अन्नपूर्ण केवलकारले जनाएको छ ।

अन्नपूर्ण केवलकारले यसअघि पनि विभिन्न छुट प्रदान गर्नुका साथै यात्रुका लागि विशेष बस सेवा सञ्चालनमा ल्याएको थियो । स्वेदशी तथा विदेशी पर्यटक यसबाट पनि लाभान्वित भइरहेका छन् ।

प्रकाशित : २४ फाल्गुन २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह