भुक्तानी सेवा प्रदायक इसेवाले हरेक महिनाको २५ गतेलाई ‘इन्स्योरेन्स डे’ को रुपमा मनाउने भएको छ । यस अफर अन्तर्गत हरेक महिनाको २५ गते १२ बजेदेखि २ बजेसम्म इन्स्योरेन्स प्रिमियम बुझाउँदा २०० रुपैयाँसम्म क्यासब्याक पाइनेछ । इन्स्योरेन्सको प्रिमियम अनलाइनमार्फत भुक्तान गर्नका लागि प्रोत्साहन गर्ने उद्देश्यले यो सुविधा ल्याइएको इसेवाले जनाएको छ ।
हाल एन्ड्रोइड मोबाइलमा ५५ लाख र आइओस मोबाइलमा करिब १० लाख गरी ६५ लाख बढि ग्राहकलाई एप्समार्फत सेवा प्रदान गरिरहेको इसेवाले जानकारी गराएको छ । इसेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाइल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइजहाज, बसको टिकट, स्कूल कलेजको शुल्क लगायतका सेवाहरुको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।










प्रतिक्रिया