Logo

बिजनेस होम

आइएमई पे मोबाइल टप अपमा पाँच प्रतिशत क्यासब्याकको निरन्तरता


GDP नेपाल
   २८ फाल्गुन २०७९, आइतबार


‘आइएमई पे’ ले आफ्नो सेवाग्राहीलाई आइएमई पे मोबाइल वालेट मार्फत गरिने रिचार्जमा ५ प्रतिशत क्यासब्याकको अफर यथावत राखेको छ ।
टप अपमा पाँच प्रतिशत क्यासब्याक पाउने अफरबाट धेरै सेवाग्राहीहरूलाई फाइदा पुगेको विश्वासका आधारमा यो अफरलाई यथावात राखिएको कम्पनीले जनाएको छ । यस्तै, यो अफरले वित्तीय साक्षरता अभिवृद्विमा महत्वपूर्ण भूमिका खेल्दै डिजिटल कारोबारमा आम सेवाग्राहीलाई अभ्यस्त बनाउने कम्पनीको विश्वास छ ।

सेवाग्राहीले दुई हजार रिर्चाज गर्दा एक सय, एक हजार रिचार्ज गर्दा पचास र एक सय रिचार्ज गर्दा पाँच रुपैयाँ क्यासब्याकका साथै हरेक रिर्चाजमा पाँच प्रतिशतसम्म प्राप्त हुने छ । यो व्यवस्था आइएमई पेमा दर्ता भएको मोबाइल नम्बरमा पाँच प्रतिशत र दर्ता नभएको मोवाइल नम्बरमा दुई प्रतिशत कायम गरिएको कम्पनीले जानकारी दिएको छ ।

प्रकाशित : २८ फाल्गुन २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह