आजबाट सगरमाथा र लुम्बिनी इन्स्योरेन्सको एकीकृत कारोबार सुरु भएको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्सको नाममा दुवै कम्पनीबीच एकीकृत कारोबार सुरु भएको हो ।
यी दुई कम्पनीलाई एकीकृत कारोबारका लागि बिमा प्राधिकरणले फागुन १६ गते, कम्पनी रजिष्ट्रार कार्यालयले फागुन १९ गते र धितोपत्र बोर्डले फागुन २३ गते अन्तिम स्वीकृति दिएका थिए । यस्तै, दुवै कम्पनीको साधारण सभाले मर्जर प्रस्ताव पारित गरिसकेको छ ।
कम्पनीको केन्द्रीय कार्यालय काठमाडौँ महानरपालिका वडा–१ नक्सालमा रहने छ ।
प्रतिक्रिया