Logo

बिजनेस होम

निर्यात व्यवसायी महासंघको प्रतिनिधिमण्डल कतार प्रस्थान


GDP नेपाल
   ३० फाल्गुन २०७९, मंगलबार


निर्यात व्यवसायी महासंघको प्रतिनिधिमण्डल कतार प्रस्थान गरेको छ ।

कतार स्थित दोहा प्रदर्शन कन्भेसन केन्द्रमा मार्च १५ देखि १९ सम्म हुन लागेको १० औ अन्तराष्ट्रिय कृषि प्रदर्शनीमा सहभागी हुन महासंघको प्रतिनिधिमण्डल आज कतार प्रस्थान गरेको हो । मेलामा महासंघका उपाध्यक्ष गोविन्द घिमीरेको नेतृत्वमा २१ सदस्यीय टोली सहभागी हुने छ ।

सो मेलामा नेपालको तर्फबाट ६ वटा उद्योग प्रतिष्ठानहरु, अल्टरनेटिभ हर्वल प्रोडक्टस् प्रा लि, हिमालयन बायो ट्रेड, कन्चनजंघा टिस्टेट, ईलाम टी उत्पादन कम्पनी, जडीबुटी उत्पादन कम्पनी लिमिटेड र एभरेष्ट लार्ज कार्डमम् उद्योगले आफ्ना उत्पादनहरु प्रदर्शनमा राख्नेछन् । यस्तै, नेपाल टी, नेपाल हव्र्स, लार्ज कार्डमम् कलेक्टिभ ट्रेडमार्कको प्रर्वद्धन गरिनेछ ।

प्रकाशित : ३० फाल्गुन २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह