Logo

कर्पोरेट-बजार

वीरगञ्ज उद्योग वाणिज्य संघमा अध्यक्षसहित पदाधिकारी सर्वसम्मत चयन


GDP नेपाल
   १ चैत्र २०७९, बुधबार


वीरगञ्ज उद्योग वाणिज्य सङ्घको अध्यक्षसहित पदाधिकारी सर्वसम्मत चयन भएका छन् । पैँतीस सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेपछि त्ससमध्येबाट पदाधिकारी चयन गर्ने विधानअनुसार सङ्घको पदाधिकारीमा सर्वसम्मत चयन गरिएको हो ।

सङ्घका अध्यक्षमा अनिल अग्रवाल (पटावारी), वरिष्ठ उपाध्यक्षमा हरि गौतम, उपाध्यक्षमा माधव राजपाल, महासचिवमा आशिष लाठ, कोषाध्यक्षमा शिवजीप्रसाद साह कलवार, उद्योग सचिवमा सुशान्त चाचान, वाणिज्य सचिव प्रेमचन्द गोयल सर्वसम्मत चयन भएको सङ्घले जनाएको छ । त्यस्तै सहकोषाध्यक्ष अनोज रूंगटा, सहसचिवमा नरेश टिवडेवाल र निरज अग्रवाल पनि सर्वसम्मत चयन भएको छ ।

यस्तै कार्य समिति सदस्यहरुमा मनोजकुमार दास, गोविन्दप्रसाद शाह, अरबिनद्र अमात्य, सुनिलकुमार खेतान, मनोजकुमार शर्मा, दीपककुमार टिपडेवाल, सुमनकुमार क्याल, तारा प्रसाद, प्रकासकुमार खण्डेलवाल, विनय कावरा, सौरभ केडिया, सुरेशकुमार रुँगटा, मुरली जालान, सिद्धार्थ धुरका, अवधेशकुमार सरावगी, यशकुमार अग्रवाल, प्रभात रुँगटा, विकासकुमार क्याल, हेमन्तकुमार वैद, अंकितकुमार खेतान, शुभमकुमार खण्डेलवाल, पन्नालाल साह, अनुप अग्रवाल र हरि पन्त रहेका छन् ।

पदाधिकारीका लागि मनोनयन दर्ता गरेकामध्ये उपाध्यक्षबाहेक अन्य पदमा कसैको पनि उम्मेदवारी नपरेको र उपाध्यक्षमा वार्तापछि सर्वसम्मत चयन भएको मुख्य निर्वाचन अधिकृत बालमुकुन्द खरेलले जानकारी दिनुभयो ।

प्रकाशित : १ चैत्र २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह