Logo

बैंक / बिमा /शेयर

बिपिडब्लु लघुवित्तको आइपीओ बाँडफाँड


GDP नेपाल
   ३ चैत्र २०७९, शुक्रबार


बिपिडब्लु लघुवित्तको आइपीओ बाँडफाँड भएको छ।

बिक्री प्रबन्धक मेगा क्यापिटलको कार्यालयमा गोलाप्रथामार्फत भएको बाँडफाँडमा ८ हजार ९५ जनाले १० कित्ताका दरले सेयर पाएका छन् । मेगा क्यापिटलका अनुसार आइपीओमा कुल १४ लाख ५९ हजार ७८४ जना आवेदन परेको थियो । जसमध्ये १ हजार ५०६ जनाको आवेदन रद्द भएको थियो।

कम्पनीले फागुन १८ गतेदेखि २३ गतेसम्म सर्वसाधारणका लागि ८० हजार ९५० कित्ता आइपिओ बिक्री खुला गरेको थियो । कम्पनीले जारी पुँजी ३ करोड रुपैयाँको ३२.३३ प्रतिशतले हुने ९७ हजार कित्ता सेयरमध्ये ९ हजार ७ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई निष्कासन गरिसकेको छ।

यस्तै, १ हजार ५०० कित्ता सेयर कर्मचारीलाई र ४ हजार ८५० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई वितरण गरेको थियो।

रिजल्ट बिक्री प्रबन्धकको वेबसाइट, मेरोसेयर एकाउन्ट, बिपिडब्लु लघुवित्तको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङको वेबसाइटबाट रिजल्ट हेर्न सकिन्छ ।

 

 

 

 

प्रकाशित : ३ चैत्र २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह