सानिमा र रिलायन्स लाइफ इन्स्योरेन्सबीच बिहीबार (चैत ९ गते)बाट एकीकृत कारोबार सुरु हुने भएको छ ।
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नामबाट दुई कम्पनीबीच एकीकृत कारोबार सुरु हुनेछ । यी दुई कम्पनीलाई एकीकृत कारोबारका लागि बिमा प्रधिकरणले फागुन १८ गते र कम्पनी रजिष्ट्रार कार्यालयले फागुन २९ गते अन्तिम स्वीकृति दिइसकेको छ ।
हाल सानिमाको चुक्ता पुँजी २ अर्ब रुपैयाँ र रिलायन्स लाइफको चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ ।
प्रतिक्रिया